कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

रविमाथि ओलीको आक्रोश : ठगी आफूू गर्छन्, गाली हामीलाई गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र रास्वपाका नेता–कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठगेका कारण सात वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको टिप्पणी गरेका छन् ।...

August 22nd, 2025

रवि लामिछानेलाई कारागारमा भेटेर निस्किएका प्रचण्डको टिप्पणी : दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । रविलाई भेटेर निस्किएका प्रचण्डले रवि लामिछाने दुब्लाएको प्रतिक्रिया दिए । सञ्चारकमीहरुले घेरिएका दाहालले भने,‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि...

August 20th, 2025

‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ यस्तो देखियो प्रकाश र स्वस्तिमाको जोडी

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार फिल्ममा समावेश ‘बेला बितेसी’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ। प्रेमभावमा तयार पारिएको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ...

August 18th, 2025

एक सय १५ किलो बुद्धचित्त र १२ लाख ७० हजार नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

बुद्धचित्तको दाना १ सय १५ किलो र स्रोत नखुलेको १२ लाख ७० हजार नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक वर्ष ४६ का LIU JINGTAO र वर्ष २३ का LIU XIAOSHUAI रहेका छन् । उनीहरुलाई हिजो (२८ गते)...

August 14th, 2025

२०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भीडको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि भएको...

August 13th, 2025

समाजसेवी सन्जिता खड्काको मौलिक तीज गीत “ठोक मादल ठोक” सार्वजनिक

मेरो व्रत तपस्याले महादेव नि भङ्गै आउने साल त मेरो पनि ल्याउँछु जोडी संगै ठोक दाजै मादल ताल यो तिजमा नाच्ने हो बाबाल हिन्दू नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा दिनदिनै नयाँ नयाँ तिज गीतका भिडिओहरू सार्वजनिक हुने क्रम तीव्र हुँदै गएको छ। यही क्रममा...

August 11th, 2025

कैदीबन्दीको कब्जामा रहेको कैलाली कारागारमा हरियारसहित सुरक्षाकर्मी प्रवेश

धनगढी । कैदीबन्दीले कब्जामा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानवअधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् । शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९...

August 10th, 2025

लोकेन साँवाको निर्देशन रिना मल्लको स्वरमा तीज गीत सार्वजनिक

लोकेन साँवा लिम्बूको निर्देशनमा तीजगीत सार्वजनिक भएको छ । ‘तीज आयो बरिलै- लै बरिलै, जतिसुकै ढल्कियोस् उमेर’ बोलको तीज गीतमा सामाजिक अभियन्ता तथा गायक रिना मल्ल गिरीले स्वर दिएकी छन् । राजधानीको धरन्तली फुट्सल एन्ड ब्याङकेट, भत्केको पुलमा यो गीतको छायाङ्कन गरिएको छ । यो गीत पुस्पा पौडेलको रचना...

August 8th, 2025

याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशनमा ‘मुन्चइत्’ स्मारिकाको बिमोचन

काठमाडौं। याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशन ‘मुन्चइत्’ स्मारिकाको शनिबार काठमाडौंमा बिमोचन गरिएको छ। शनिबार चुम्लुङहिम काठमान्डौमा याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति र नेवा: ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो । वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुमविद...

August 3rd, 2025

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामाको घोषणा गरेका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजीनाको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए। मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात्...

August 3rd, 2025