समाचार

हवाई कारबाहीमा चार तालिबानी मारिए

अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा...

May 3rd, 2019

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

लहान, वैशाख २० गते । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज...

May 3rd, 2019

नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट काभ्रेमा एक जना युवाको मृत्यु

काभ्रे, १९ बैसाख । नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट मानिसको मृत्यु भएको छ । बर्डफ्लुबाट काभ्रेमा एक युवकको भएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । जापान पठाइएको नमूना परीक्षणको रिपोर्ट १७ गते आएको थियो । रिपोर्टले उनको बर्डफ्लुका...

May 2nd, 2019

शैलेन्द्र शरद (खनाल ) को शब्द स्मीता दाहालद्वारा स्वरबद्ध ‘ कानैमा ढुंग्री ‘ भिडियो सार्वजनिक

गीतकार शैलेन्द्र शरद (खनाल ) को शब्द स्मीता दाहालद्वारा स्वरबद्ध कानैमा ढुंग्री बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ | गीतमा गैरे सुरेशको संगीत रहेको छ । मनोज पौडेलले एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा कविता नेपाली र सञ्जय पोखरेलको जिबन्त अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन हालका व्यस्त...

May 1st, 2019

प्रदेश-२ को सरकार ढाल्ने चेतावनी दिंदै प्रचण्डले भने, ‘प्रदेश सरकार जसरी चलेको छ, त्याे ठीक छैन’

काठमाडौं, १७ बैसाख । सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश–२ को सरकार सञ्चालनप्रति खुलेर आलोचना गरेका छन् । उनले मधेसमा अहिले सरकार जसरी चलेको छ त्यो ठि नभएको बताउँदै प्रदेश–२ सरकारमाथि चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले फोरम–राजपाको गठबन्धन सरकारले...

April 30th, 2019

ट्यूमर देखिएपछि श्वेताको अचानक शल्यक्रिया

काठमाडौं । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् ।...

April 29th, 2019

मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरित, उद्धारका लागि आग्रह

सप्तरी, १६ बैसाख । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक भाञ्जा बिवाहस्थलबाटै अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले जानकारी दिएका छन् । राजविराजमा रहेको ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३...

April 29th, 2019

सगरमाथा सफाइ गर्दा भेटियो चार शव, तीन हजार किलो फोहोर संकलन

बैसाख । सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ । सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले सरकारी अग्रसरतामा पहिलोपल्ट विश्वकै अग्लो शिखर सगरमाथाको सफाइ चलिरहेको छ । सफाइ अभियानमा १२ जना अनुभवी शेर्पा सहभागी छन् । पर्यटन...

April 28th, 2019

डिस्चार्ज हुन लागेका बालकको मृत्युपछि चितवन मेडिकल कलेजमा तनाव, तोडफोड र प्रदर्शन

चितवन, १५ बैसाख । उपचारका लागि ल्याइएका बालकको मृत्युको विषयलाई लिएर चितवनस्थित चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । मृत्तक बालकका अभिभावक र स्थानीयले अस्पतालमा प्रदर्शन र तोडफोड समेत गरेका छन् । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।...

April 28th, 2019

यसरी भत्काइयो खुल्ला मञ्चको अवैध सटर

काठमाडौं, १४ वैसाख । आम नागरिकबाट चर्को विरोध भएपछि काठमाडौं रत्नपार्कको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चमा निर्माण गरिएका व्यावसायिक सटरहरु आज (शनिबार) डोजर लगाएर भत्काइएको छ । सटरकै कारण चर्को आलोचना बढेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको छ । सटर भत्काउन...

April 27th, 2019