कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको...

June 10th, 2022

आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति भयाे १८ बुँदे सहमति

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।...

June 10th, 2022

काठमाडौं आइपुगे वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन, शुक्रबार प्रधानसेनापतिसँग भेटवार्ता

काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज (बिहीबार) काठमाडौं आइपुगेका छन् । नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी अमेरिकी सेनाको बिशेष विमानबाट आएका हुन् । उनी चार दिने भारत भ्रमण सकेर बिहीबार नेपाल आएका हुन्...

June 9th, 2022

नविल बैंक र महानगरबीच १३ बुंदे सम्झौता, बैंकले १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने

काठमाडौं, २५ जेठ । नविल बैंकले काठमाडौं महानगरपालिकासँग १३ बुंदे सम्झौता गरेको छ । सम्झौतासँगै बैंकले काठमाडौं उपत्यकाका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो । सार्वजनिक बनाइएका सबै शौचालयको सबै दायित्व बैंक स्वयम्ले बहन गर्ने जनाइएको छ । सम्झौतामा काठमाडौंमा नविल बैंकको १८ वटा शाखा...

June 8th, 2022

बर्दियामा प्रहरीको गोली लागेर २० वर्षीया युवतीको मृत्यु, स्थानीयले प्रतिकार गर्दा १८ प्रहरी घाइते

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ। गोली लागेर बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारमा एक युवतीको मृत्यु भएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द...

June 7th, 2022

रोजगारीको ग्यारेन्टी सहित सफा टेम्पो चालक तालिम संचालन हुने (भिडियो सहित)

विद्युतीय यातायात स्वरोजगार सेवा प्रा.लिले आर्थिक अबस्था कमजोर भएका बेरोजगार युवायुवतीलाई लक्षित गरि रोजगारीको पूर्ण ग्यारेन्टी सहित श्राबण १ गते देखि १ महिने सफा टेम्पो चालक तालिम सन्चालन गर्ने भएको छ । ‘आर्थिक रुपमा बिपन्न बर्गलाई समेट्ने उद्देश्यका साथ स्वदेशमै बसेर रोजगारी गर्न चाहने तर सीप सिक्नको लागि पर्याप्त...

June 6th, 2022

निर्देशक किशोर सुब्बाको परिवार बाट क्यान्सर पिडित श्रीमान श्रीमती लाई आर्थिक सहयोग

मोरङ बेलबारि ३ निवासी महेन्द्र तामाङ र उनको श्रीमति कमला तामाङ क्यान्सर जस्तो प्राणघातक रोगले आर्थिक अभावको कारण थलिएको अवस्थामा उज्यालो प्रदेश मिडियाको पहलमा आर्थिक सङ्कलनाको क्रममा बेलबारि २ हाल अ्मेरिका निवासी चलचित्र निर्देसक किशोर सुब्बा,तथा आमा, भाइ, बहिनिहरु बाट रु, ५००००/- पचास हजार उपचारको लागि सहयोग प्रदान गरिएको...

June 6th, 2022

‘इम्बोस्ड नम्बर जडान नगरे देखाइदिन्छु’ भन्ने धम्की खारेज नगरे जनताले अवज्ञा गर्छन् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु’ भन्ने धम्कीको भाषा खारेज नगरे जनताले अवज्ञा गर्ने बताएका छन् । थापाले यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको बताएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले यातायात मन्त्रालयले गलत...

June 6th, 2022

सुमन लिम्बु र निरन्ता नेम्बाङको ‘मिम्जीक्क यम्बा’को भिडियो सार्वजनिक

काठमाडौं – सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको लिम्बु सस्कृति मुलक पालाम ‘मिम्जीक्क यम्बा’ को भिडीयो सार्वजनिक भएको छ । यासेली योङहाङको शब्द लय संकलन भीम लिम्बूको रहेकोछ । एरेन्ज मनोज साङसोन राई, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ । मिम्जीक्क यम्बा’ को भिडियो मार्फत निकै आशा गरिएको...

June 5th, 2022

फक्ताङलुङ साँस्कृतिक मञ्चको अध्यक्षमा यादन शेर्मा निर्वाचित

लिम्बु गायक गायिकाहरुकाे साझा सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक सङ्गीतकार शेर्मालाई अध्यक्षमा चयन गरिएको हो| ललितपुर शोभाहिटीस्थित चुम्लुङमा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । कार्य समितिको उपाध्यक्षहरूमा मोहन मादेन...

June 5th, 2022