निरन्ता नेम्बाङ र नरेश वनेम फागोको स्वरमा ‘मारोती फुङ’को रेकर्डिङ सम्पन्न


काठमाडौं -निरन्ता नेम्बाङ र नरेश वनेम फागोको स्वरमा लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को रेकर्डिङ सम्पन्न भएको छ । उक्त पालाम काठमाडौ स्थित ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो ।

सागर केरुङ् को शब्द र नरेश वनेम फागोको लय संकलन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन मोनि ताम्लिङ् को एरेन्ज रहेको पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन । उक्त पालामलाई याक्थुङ फिल्म्स युटुब च्यानल
द्वारा सार्वजनिक गरिने गायक वनेमले बताए ।

https://youtube.com/channel/UCWrcb4DTwuZbKXEv6yXNFQg

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार