मतदातालाई बाड्न लगेको रकमसहित मेयर उम्मेदवारका भाइ समातिए

आंगापुटार (नुवाकोट) : दलित मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा कांग्रेस मेयरका उम्मेदवारका भाइलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीलाई मतदातालार्इ रकम बाँडेकाे आरोपमा रकमसहित स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव समेत रहेका मेयर उम्मेदवारका भाइ अधिकारले विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोमा मध्यराति लाखौं रुपैयाँ बाडेको स्थानीयप्रहरीले अधिकारीको साथमा रहेको झोलाबाट एकहजार रुपैयाँका नोटको एक पेटी रकम वरामद गरेको छ । स्थानीयवासीले मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीका साथमा हिडेका त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्र्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठ समेत नियन्त्रणमा लिएका छन् ।
कांग्रेस सचिव अधिकारीले आफ्नो साथबाट वरामद रकम र त्यसको वास्तविकता बताउन चाहानु भएन । उहाँले बिहीबार मध्यराति १२ बजेदेखि निर्वाचनमा मौन समय लागु हुदै गरेको वेला स्थानीयवासीले आफूलाई राति सांढे ११ बजे नियन्त्रणमा लिएको बताउनुभयो । अरु वेला सांझ सात बजे नै कार्यालयबाट घर फर्कने अधिकारीलाई बिहीवार मध्यराति शंकास्पद अवस्थामा स्थानीयवासीले मतदातामाझ देखेपछि नियन्त्रणमा लिएका हुन् ।
पहिले विकास निर्माणका लागि वास्ता नगर्नेहरु निर्वाचन आफ्नो पक्षमा पार्न मध्यराति मिजार वस्तीमा कांग्रेसका मेयर उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीले रकम बाँडेका कारण स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लयाएकाे स्थानीयवासी राजेन्द्र भण्डारीले बताउनुभयो । उहांले कांग्रेसले सो स्थानमा पहिलेदेखि नै मातदाता किन्ने कार्य गरिरहेको बताउनुभयो ।

अधिकारीसतिह नियन्त्रणमा राखिएका तीन जनालाई रकम बरामद गरी प्रहरी निरीक्षक जीतेन्द्रकुमार वस्नेतको रोहवरमा राति सांढे १ बजे छाडिएको घटनाका प्रत्यक्षदर्शी तथा नेकपा एमाले विदुरका मेयर पदका उम्मेदवार सन्जु पण्डितले वताउनुभयो । उहाँले कारवाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोट, निर्वाचन आयोग तथा विभिन्न सरोकारवाला निकायमा उजुरी दिनुभएको छ । बाड्ने रकम राख्नका लागि राति सांढे ११ बजे कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको टोलीले विदुर नगरपालिका-९ दशमुरेचौतारोमामा रहेको एक पसलबाट खामसमेत किनेको नेकपा एमालेका कार्यकर्ताले दावी गरेका छन् ।

सो पसलका मालिक चिरन्जिवी गिरीले शुक्रबार राति सांढे ११ बजे अधिकारीसहित तीन जनाले वालकको पास्नी छ, खाम दिनुस भन्दै ३० थान खाम आफ्नो पसलबाट खरिद गरेको पुष्टि गर्नुभयो । निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी कुनै गतिविधि गरेको पाइएमा आचारसंहिता उल्लंघन गरेको ठहर हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरका सहायक निर्वाचन अधिकृत महिमानसिह विष्टले जानकारी दिनुभयो ।
मतदातालाई प्रभाव पार्न दलित वस्तीमा रकम बाँडेर फर्कदै गरेको सूचनाका आधारमा स्थानीय महिलासहितको टोलीले अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । रकम बाँड्ने कांग्रेसका मेयर उम्मेदवार ध्रुव अधिकारीलगायतलाई कारवाही हुनु पर्ने एमाले जिल्ला सचिव वुद्धिवहादुर प्रधानले माग गर्नुभयो । यसैवीच, नेपाली कांग्रसले शुक्रवार बिहान विदुरमा पत्रकार सम्मेलन गरी अाफूहरूको हिंडडुल गर्ने मानवको हधसकार हनन गरेकाे अाराेप लगाएकाे छ । सुरेन्द्रराज अधिकारीले आफूलाई नियन्त्रणमा लिने कार्य अशोभनिय भएको वताउनुभयो। आफ्नो पार्टी र उम्मेदवारको अनावश्यक बदनाम गर्न खोजेको नेपाली कांग्रेको आरोप छ ।नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सत्यतथ्य छानविन गरिने वताउनुभयो।

मुख्य समाचार


Most Recent