कुन–कुन शीर्ष नेताले कहाँ कहाँ मतदान गर्दैछन ? एक एककाे नाम सहित….

 

काठमाडौं । निर्वाचनमा विभिन्न पार्टीका शीर्ष नेताले मतदान गर्ने भएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल : चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र ।

कांग्रेस सभापति शेरबहादुर देउवा : पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा छ । दोस्रो चरणको निर्वाचनमा उनी डडेलधुरा जानेछन् ।

एमाले अध्यक्ष केपी ओली : मतदाता नामावलीमा उनको नाम सूर्यविनायक नगरपालिका २ बाल्कोटमा छ । उनले बाल्कोटमा मतदान गर्नेछन् ।

रामचन्द्र पौडेल : तनहुँको व्यास नगरपालिका २ को सत्यदेवी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

शशांक कोइराला : काठमाडौं भ्याली मतदान केन्द्रमा मतदान गर्नेछन् ।

प्रकाशमान सिंह : काठमाडौं महानगरपालिका १६ क्षेत्रपाटीबाट मतदान गर्नेछन् ।

एमाले नेता माधव कुमार नेपाल : रौतहटको गौर नगारपालिकामा दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

इश्वर पोखरेल : उनको नाम टोखा नगरपालिका ६ मा छ ।

बामदेव गौतम : दोस्रो चरणको निर्वाचनमा गौतम बर्दियाको बासगढीको त्रिभुवन उच्च माविम मतदान गर्नेछन् ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ : उनको नाम गोरखाको जौबारी गाउँपालिकामा छ । उनले गोरखामा मतदान गर्नेछन् ।

रामबहादुर थापा : चितवनको रत्ननगर नगारपालिका टाँडीमा मतदान गर्नेछन् ।

देव गुरुङ : मनाङको नामस गाउँपालिकामा मतदान गर्नेछन् ।

पम्फा भुषाल : ललातिपुर महानगरपालिकामा मतदान ।

राप्रपा अध्यक्ष कमल थापा : हेटौंडा काट मतदानमा सहभागी हुनेछन् ।

पशुपति शमशेर राणा : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ बाट मतदान गर्नेछन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव : दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । उनको नाम सुनसरीको मधुवनमा छ ।

प्रधानन्यायाधीश सुशीला कार्की(विराटनगर)

सभामुख ओनसरी घर्ती मगर (रोल्पा) दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले मतदान नगर्ने भएका छन् । उनको नाम रोल्पाको दुइृखुइले गाउँपालिका २ मा छ ।

राष्ट्रपति बिद्या भण्डारी श्रीलंका भ्रमणमा छिन् ।

अाजकाे नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार