मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते…

 
तनहुँ, वैशाख ३१ – नचिनेका मानिसको समूहको खुकुरी प्रहारबाट आइतबार बेलुका तनहुँमा गायक बिक्रम परियारको ज्यान गएको छ । खुकुरीप्रहारबाटै उनीसँगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ घाइते भएका छन् । घर नजिकैको व्यास १, छाला फ्याक्टी क्षेत्रमा घुम्न निस्किएका उनीहरुलाई बेलुकी ५ बजेतिर पहिचान नखुलेको व्यक्तिहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

६ जनाको समूहमा आएका युवाहरुले आफूहरुलाई आक्रमण गरेको घाइते देव नारायण श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समयमा काठमाडौंमा बसेर गायन तथा कलाकारितामा सक्रिय हुँदै आएका परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्न शनिबार दमौली आउनुभएको थियो । उहाँले आइतबार व्यास १ स्थित जलदेवी मावि मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लगिएको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उज्यालो अनलाइनबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार