
किरात याक्थुङ चुम्लुङ अमेरिकाले पत्रकार विस्व लिम्बुलाई सम्मान गरेकोछ । फिफा विस्वकप हेर्न अमेरिका पुगेका विस्व लिम्बुलाई सम्मान गर्न गराउन न्युयोर्कको जाक्सन हाइट स्थित नेपालि भान्सा घर रेस्टुरेन्टमा चुम्लुङले भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बुले गरेका थिए भने महासचिव दिनेश लिङ्देनले कार्यक्रम सन्चालन गरेका थिए ।
उक्त सम्मान कार्यक्रममा आदिवासि जनजाति महासङ्घ अमेरिकाको अध्यक्ष एपि लामा, बरिष्ठ उपाध्यक्ष शम्भु राई, महासचिव सुमन थाम्सुहाङ तेसै गरि युनाइटेड किरात राई अर्गनाइजेसन अमेरेकाको बरिष्ठ उपाध्यक्ष तथा व्यावसायि केशब राम राई, नेपालि कलाकार सङघ अमेरिकाको अध्यक्ष बसन्ती राई लगायत अन्य बिभिन्न जातिय संघ सस्थाहरुको प्रतिनिधित्व सहित लिम्बु समुदायको बाक्लो उपस्थिति रहेको थियो ।



