गगन थापाको क्षेत्रमा एमालेको जित, बुढानिलकण्ठ १३ मा पुरै प्यानल विजयी…

 

काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । बुढानिलकण्ठ नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो भने कांग्रेस सभापति शेरबहादुर देउवा बसेको टोल हो ।

एमाले सचिव योगेश भट्टराईका अनुसार बुढानिलकण्ठ नगरपालिकास्थित गगनको निर्वाचन क्षेत्रमा पर्ने वडा नम्बर १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्ष निर्वाचित भएका छन् ।

श्रेष्ठसहित उक्त वडामा एमालेको पुरै प्यानल नै निर्वाचित भएको भट्टराईले जानकारी दिए ।

यसअघि गगनले चुनाव हुनुभन्दा ठिक एक दिनअघि आफ्नै निर्वाचन क्षेत्र कपनमा आचारसंहिता मिचेको आरोपमा स्थानीयबाट दुर्व्यवहार खेप्नुपरेको थियो ।-दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार