बेलायती महारानीको सुरक्षामा नेपाली : भन्छन्-हामीबाहेक अरुले हतियार बोक्न पाउँदैनन्…

बेलायती महारानीको सुरक्षामा नेपाली : भन्छन्-हामीबाहेक अरुले हतियार बोक्न पाउँदैनन्
जेठ ६, लन्डन – बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी ।

बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।

द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । आजको कान्तिपुरमा खबर छ

बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।

ललितले भने:
-महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ ।
-समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।

उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent