नारीका पीडा र बेदना बोकेर आउने अन्जली…

भनिन्छ , नारी को महिमा समाज मा एउटा प्रतिश्ठा संग जडित हुन्छ ,जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिस हरु बस्दछन त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहि कोहि मात्र हुन्छ त्यहि भिडको एउटि प्रतिनिधित्व हो लघु चलचित्र अन्जली ।

अमृता ओलिको लेखन तथा निर्माणका बन्न लागेको सामाजिक जनचेतनामा आधारित चलचित्र अन्जली को छायांकन सकिएको छ..थुप्रै म्युजिक भिडियो र शर्ट फिल्महरु निर्देशन गरिसकेका निर्देशक मदन खड्का को निर्देशन , आफुलाई गीतकारको रुपमा अगाडी बढाएका गीतकार शिब पि सुबेदी को कथा, गीत र सङ्गित मा रहेको एस चल्चित्र मा सुर बिर पण्डित, रमा थापालिय, लब शर्मा, पल्पसा डंगोल, अमृता ओली, बरुन घिमिरे,रिचा थापा,सन्जय भण्डारी,अर्जुन श्रेष्ठको अभिनय रहेको छ ।

टंक केसि को छायांकन ,बिकाश ज्ञवाली को सम्पादन तथा बरुण घिमिरे को निर्माण ब्यबस्थापनमा अन्जली काठमाडौ र त्यस आसपास का रमणिय ठाउमा छायांकन गरियको हो चलचित्रको सम्बद टिका पान्डेले तयार पारेका हुन ।समाजमा बिद्द्मान नारी बाटै नारी प्रती को प्रतिसोध र नारी भित्र कै शक्ती र नारिको माया र ममता मा हुदा घर परिवार अनि समाज कस्तो खालको प्रभाब पर्दछ र त्यसले समाज मा कस्तो परिबर्तन ल्याउदछ भन्ने कुरा चलचित्रले सम्बोधन गर्ने निर्माता अमृता ओलीले बताईन । चलचित्र बिसुद्द नेपाली सामाजिक घटना र परिघटनामा आधारित रहने छ ।सेलिब्रेटी नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार