कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तराईमा राजपालाई रोक्न ब्यारेकबाट निस्कियो सेना, नियन्त्रणमा परेका ५५ मतदान अधिकृत छुटे…

राजविराज, ३१ जेठ । तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेना ब्यारेकबाट निस्किएको छ ।

निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले मधेसमा असार १४ गते हुने दोस्रो चरणको चुनाव विथोल्न अराजक गतिविधि गर्न थालेपछि सेनाले ब्यारेकबाट बाहिर निस्केको हो ।

बुधबार सप्तरी सदरमुकाम राजविराजमा राजपाले सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा सेनाको टोली पुगेको छ । सेना पुगेपछि राजपाका कार्यकर्ता गायब भएका छन् ।

निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिमस्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएपछि नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो ।

सेना, प्रहरी आएपछि राजपाको नियन्त्रणमा परेका ५५ जना सहायक मतदान अधिकृतहरु एक घण्टापछि छुटेका छन् । सेनाको टोलीले निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा १० मिनेटसम्म गस्ती गरेको थियो ।

पछिल्लो केही दिनयता राजपाको आन्दोलनका क्रममा नेपाली सेनाको उपस्थिति देखिँदै आएको छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |