काठमाडौं, ५ असार । सर्वाेच्च अदालतले प्रदेश नम्बर पाँचका तीन जिल्ला नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा चुनाव सार्न भन्दै परेको रिट निवदेनमा सरकारसँग जवाफ मागेको छ ।
न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सोमबार निवदेकका कुरा सुन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा चुनाव सार्नुपर्ने विषयमा लिखित जवाफ मागेको हो । साथै यो मुद्दामा असार ८ गतेका पेशी तोकिएको छ ।
रिट निवेदकले चुनावको वातावरण बन्न नसकेको तीन जिल्लामा असार १४ गतेको निर्वाचन रोक्नका लागि अन्तरिम आदेश मागेका छन् ।
यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्नेगरी असोज २ गतेलाई सारिसकेको छ ।दैनिक नेपाल