इटहरीमा राप्रपाका उम्मेद्वारमाथी खुकुरी प्रहार…

इटहरी । स्थानिय तहको निर्वाचनमा राप्रपाको तर्फबाट इटहरी ९ का वडा अध्यक्ष पदका उमेदवार श्याम पोखरेल र सदस्य पदका उमेदवार खड्ग कुमार श्रेष्ठ माथी साेमबार राती अज्ञात ब्याक्तीहरूले अाक्रमण गरेका छन । ३ जनाकाे समुहमा अाएका ब्याक्तीहरूले उम्मेद्वारद्वय पोखरेल र श्रेष्ठमाथी खुकुरी प्रहार गरी फरार भएकाे पिडित पाेख्रेलले बताए ।

अाक्रमणबाट उम्मेद्वारद्वय पोखरेल र श्रेष्ठ सामान्य घाइते बनेका छन भने पोख्रेल सवार को २० प ५९३५ नं. को मोटरसाइकल पुर्णरूपमा क्षती भएकाे छ । अज्ञात ब्याक्तीहरूले उम्मेद्वारहरूमाथी किन अाक्रमण गरेकाे हाे ? साे बिषयमा केही खुल्न नसकेकाे र अाक्रमणमा संलग्नहरूकाे खाेजीकार्य भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

पूर्वेली न्यूजबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार