एमाले र माओवादीका व्यवसायीहरूबीच निर्वाचनका लागि एकता, संयुक्त प्यानल घोषणा…

काठमाडौं, ७ असार । आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा एमाले र माओवादी केन्द्र निकट ब्यवासयीहरूले ब्यवसायीमैत्री रोहन गुरुङको नेतृत्वमा संयुक्त ब्यावसायिक समूहको उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवासायी मञ्च र माओवादी निकट बैदेशिक रोजगार ब्यवासायी गणतान्त्रिक मञ्चसहित ६ ओटा संस्थाको तर्फबाट मंगलवार राजधानीको अनुपम फुडल्याण्डमा बिशेष कार्यक्रम आयोजना गरी अध्यक्षमा गुरुङसहित १७ ओटै पदमा उम्मेदवारी घोषण गरिएको हो ।

संयुक्त ब्यावसायिक समुहले प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्धितीय उपाध्यक्षमा महिला ब्यवसायी शुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन र महासचिवमा नरेश गेलाललाई उम्मेदवार बनाएको छ ।

यस्तै सचिवमा इश्वर जीसी र कोषध्यक्षमा रमिला ताम्राकार रोकाया मगरलाई उम्मेदवार घोषणा गरिएको छ । संयुक्त ब्यावसायिक समुहको तर्फबाट सदस्यमा तेजुमाया लिम्बु, सुरेश गौतम, सञ्जु गुरुङ, सबिना श्रेष्ठ, प्रेमबहादुर बिश्वकर्र्मा, कुन्छादोर्जे डेमडोङ, परमेश्वर अधिकारी, तिलक तामाङ, बबनकुमार सिंह र प्रितमबहादुर मगरलाई उम्मेदवार घोषणा गरिएको छ ।

ब्यवस्थापिका संसद अर्थ समितिका सभापति तथा एमाले बैदेशिक रोजगार फाँट प्रमुख प्रकाश ज्वाला र माओवादी नेता श्याम श्रेष्ठको उपस्थितिमा उम्मेदवारी घोषण गरिएको थियो ।

ब्यवसायीको हक हितका लागि तालमेल जरुरी रहेको निश्कर्षसहित एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्चसहित ६ ओटा संस्थाबीच गुरुङको नेतृत्वमा चुनावमा जाने सहमति भएको हो । संयुक्त समुहले उम्मेदवारी घोषणासभामा उम्मेदवारको परिचयसमेत गराएको छ ।

कार्यक्रममा अध्क्षका उम्मेदवार रोहन गुरुले महासचिवका रुपमा हासिल गरेको अनुभवलाई सवै ब्यवसायीको हित हुने गरी प्रयोग गर्ने प्रतिवद्धता जनाए ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार