कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सातदोबाटो चोकमै युवतीहरुको ग्याङ फाइट, छुरा प्रहार हुदाँ एक घाइते

ललितपुर, असार ७

ललितपुरको सातदोबाटोमा २ वटा युवतीहरुको समूहवीच ग्याङ फाइट भएको छ। मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीच ग्याङ फाइट भएको हो।

काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी छुरा प्रहारबाट गम्भीर घाइते भएको सातदोबाटोका डिएसपी रामेश्वर यादवले बताए। फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले उनमाथि छुरा प्रहार गरेको उनले बताए।

घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको र अवस्था बोल्न नसक्ने रहेको छ । उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४ जना भने फरार छन् ।

सेतोपाटीबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार