कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भोजपुरमा ३ बालबालिका मृत भेटिए…

भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् ।

मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीतनारायण चौधरीले जानकारी दिनुभयो । घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । रासस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार