घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट

इटहरी : आफ्नो घरमा मारिएकी महिलाको विषयमा चित्त बुझ्दो जवाफ नदिएको आरोपमा स्थानीयले पूर्व जर्नेल एवम् माओवादी केन्द्रका पूर्व सांसद कुमार फुदोङमाथि कुटपिट गरेका छन्।
मंगरबार घरभित्रै लुकेर बसेको अवस्थामा उनलाई स्थानीयले कुटपिट गर्दै नियन्त्रणमा लिएका हुन्। कुटपिटबाट फुदोङको टाउको फुटेको छ। उनको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ।

आफ्नो घरको बगैंचामा मारिएकी महिलाको विषयमा गैह्रजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आक्रोशित इटहरीवासीले फुदोङमाथि आक्रमण गरेका हुन्। इटहरी ४ स्थित उनको घर रहेको विशाल बगैंचाबाट सोमबार एक महिला मृत अवस्थामा फेला परेकी थिइन्। बगैंचामा माछा पाल्ने पोखरी छेउबाट २९–३० वर्षीया रञ्जु ठकुरीको शव सोमबार भेटिएको हो।

स्थानियवासीले महिलाको शव भेटिएको विषयमा जवाफ माग्दा अदालत जानु भन्ने अभिव्यक्ति दिएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। आक्रोशित स्थानियवासीले फुदोङलाई पक्राउ गर्न माग गरेका थिए। तर, पैसा र पहुँचको भरमा प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनीहरुको आरोप छ।
स्थानियवासीले फुदोङको घर पुगेर उनलाई कुट्दै नियन्त्रणमा लिएपछि प्रहरीले उनको उद्धार गरेको छ। इटहरी ४ माफुदोङको ठूलो क्षेत्रफलमा फैलिएको बगैंचाभित्र घर रहेको छ। उक्त ठाउँमा केही समय अघि मनशान्त रिसोर्टसमेत सञ्चालनमा आएको थियो।

उक्त रिसोर्टमा काम गर्ने महिला सोमबार मृत भेटिएकी थिइन्। पोखरीमा डुबेरको अवस्थामा महिलाको शव भेटिएको भए पनि स्थानीयले भने फुदोङमाथि हत्याको आरोप लगाएका छन्।
पूर्वजर्नेलको बगैंचामा महिलाको शव फेला

पूर्व जर्नेल कुमार फुदोङको लिची बगैँचाको पोखरीमा भेटिएको महिलाको शव। तस्बिर : अन्‍नपूर्ण

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार