साझा बसमा ज्येष्ठ नागरिक र अपाङलाई भाडा नलाग्ने…

काठमाडौं, १३ असार । ज्येष्ठ नागरिक र अपाङ्गलाई साझा यातायातले निःशुल्क सेवा दिने भएको छ । ज्येष्ठ नागरिक र ‘क’ तथा ‘ख’ बर्गका अपाङगले साझा बस चढ्दा भाडा तिर्नुपर्ने छैन ।

महानगरपालिका र साझा यातायातबीच मंगलबार भएको पूरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ ।

साझा बसले उपत्यका र उपत्यकाबाहिर चल्ने आफ्ना सबै बसहरूमा यो नयाँ व्यवस्था गरेको हो ।

साझाका सबै गाडीमा स्मार्ट कार्डबाट पनि भाडा तिर्न सकिनेछ । अहिले १० वटा गाडीमा यो सेवा उपलब्ध भएपनि सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाउन लागेको साझा यातायातले जनाएको छ ।

महानगरपालिकाले मंगलबार साझा यातायातलाई ५ करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार