कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यस्तो बन्दैछ गुगलको भब्य कार्यालय: मसाज रुमदेखि स्वीमिङ पुलसम्म…

काठमाडौँ: इन्टरनेट सर्च इन्जिन गुगल आफ्ना कर्मचारीलाई विश्वकै सबैभन्दा राम्रो सुविधा दिने कुरामा प्रख्यात छ । कर्मचारीलाई सुविधा दिन गुगलले आफ्नो कार्यालयमा हरेक ती सम्भव सुविधा उपलब्ध गराउँछ, जसलाई उसले दिन सक्छ ।

अब गुगलले बेलायतको लण्डनमा नयाँ हेड अफिस बनाउँदैछ । करिब १३२८८ करोड रुपैयाँ लगानी गरेर ९३००० स्क्वायर मिटरमा बनाइरहेको नयाँ भवनमा गुगलले आफ्ना कर्मचारीलाई विश्वकै उत्कृष्ट सुविधा दिनका लागि पैसा खर्च गरिरहेको छ ।

 

लण्डनको किङ्ग क्रस स्टेशन नजिकै बनिरहेको गुगलको यस हेडक्वार्टमा थ्री लेनको स्वीमिङ पुल पनि बन्ने भएको छ । यसका अलाबा यसमा मसाज रुम, ब्याडमिन्टन, बास्केटबल स्टेडियम बन्दैछ भने यो स्टेडियममा कर्मचारीलाई खेल देखाउनका लागि अलग अलग सिटसहितको प्याराफिट पनि बनाइँदैछ । यो कार्यालय भित्र कयौँ सुविधा दिइनेछ । हालैमात्र गुगलले यस कार्यालय भवनको डिजाइनलाई पास गरेको छ ।

 

९३ हजार क्वायर मिटरमा बनिरहेको यो कार्यालय ११ स्टोरीको हुनेछ । यसमा १० वटा फुटबल मैदान जत्रो फ्लोर स्पेस पनि हुनेछ ।

गुगलको नयाँ कार्यालयको छतमा ३०० मिटर लामो बगैँचा पनि हुनेछ । यो बगैँचामा कर्मचारीलाई दौडनका लागि ट्रयाक पनि बनाइँदैछ भने रमाइलोका लागि छुटटै भाग पनि बन्ने क्रममा छ । छतमा रहेको यस बगैँचामा विश्वकै सुगन्धित फूहरुले सजाइने तयारी गुगलले गरेको छ ।

 

गुगलको यो नयाँ कार्यालयमा एकैसाथ कम्तिमा पनि चार हजार जना कर्मचारीको बैठक एकसाथ बस्न सक्नेछ । सन् २०१८ बाट यो कार्यालयको निर्माण सुरु हुँदैछ ।मिडिया एनपीबाट साभार 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार