कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मतपत्र च्यात्ने खतरालाई टार्न मदानस्थलमा डोरीको तारबार…

काठमाडौँ । पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको घटनालाई लिएर निर्वाचन आयोग सतर्क देखिएको छ । यस्तै घटना दोहोरिन नदिन आयोगले हरेक मतगणना स्थलमा मतगणनाको क्रममा विशेष सुरक्षा सतर्कता अपनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार सम्पन्न मतदान पछि अहिले मतगणना कार्य जारी छ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यात्ने खतरालाई टार्न मदानस्थलमा डोरीको सहारामा तारबार लगाएको पाइएको छ भने महानगर र नगरपालिकाको मतगणनास्थलमा सीसीटीभीको व्यवस्था समेत गरिएको छ । मतगणनामा संलग्न कर्मचारीहरु मात्रै डोरीको घेराभित्र बस्न पाउने व्यवस्था मिलाइएको छ । दलका प्रतिनिधिहरु र उमेद्वारहरु घेरा भन्दा बाहिर छन् उनीहरु सजिलै भित्र छिर्न नसकुन भनेर यस्तो ब्यबस्था गरिएको हो ।

मतगणनामा संलग्न कर्मचारी डोरीको घेरा भित्र भुइँमा बसेका छन् । दल तथा उमेदवार प्रतिनिधि डोरीको घेरा बाहिर बसेका छन् । भारतपुरमा जस्तो मतपत्र च्यात्ने प्रकरण नदोहोरियोस भनेर यस्तो सुरक्षा अपनाइएको हो । भरतपुर मतगणना विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।न्युज 24 बाट साभार 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार