देउवाको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर, एमालेले रच्यो इतिहास…

डडेल्धुरा, १६ असार । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमालेले मेयर र उपमेयर जितेको छ ।

एमालेका विपिन ओझा मेयर र संगीता भण्डारी उपमेयरमा बिजयी भएका हुन् । मेयरमा ओझाले ३७ सय ६८ मत ल्याए । प्रत्यासी काँग्रेसका डिल्लीराज जोशीले ३६४१ मत ल्याए ।

उपमेयरमा एमालेकी भण्डारीले ३५४७ मत ल्याइन् । प्रत्यासी काँग्रेसकी पार्वती झुकालले ३३०९ मत ल्याइन् । ११ वटा मध्ये ८ वटा वडामा एमाले विजयी भएको छ । दोस्रो चरणको चुनावमा एमालेले मेयर र उपमेयर जितेको यो पहिलो हो ।

अमरगढी नगरपालिकमा इतिहासमै पहिलोपटक एमाले विजयी भएको हो । यसअघि काँग्रेसले जितेको थियो ।दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार