साधुराम लामिछाने
अहिलेको नेपालि समाजमा सुचना प्रविधिको उपयोग नगर्ने मानिसको संख्या त्यति धेरै छैन् । विभिन्न माध्यमहरु जस्तै सामाजिक सञ्जाल, टेलिभिजन, अनलाइन मिडिया जस्ता माध्यमको व्यापक प्रयोगले सुचना प्रवाहलार्इ सजिलो बनाउने कुरामा हस्तक्षेप नै गरेको छ । साथसाथै यसले केहि नकारात्मक असरहरु पनि भित्र्याएको ज्वलन्त उदाहरणहरु हाम्रा अगाडी नै छन् । राज्यको एक प्रमुख अंग मानियको पत्रकारिताले अहिले नेपालको समकालिन राजनीति, सामाजिक अन्तरवस्तुमाथि चलाएको डिस्कोर्सको थुप्रै अलोचना समर्थन भएका छन् ।
यसै शिलशिलामा नेपाली समाजका विभिन्न घटानालार्इ प्रमुख बिषय बनाएर छलफल चलाउँदै आएको बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रमको ५०० औ अंकको चर्चा परिचार्चा हुँदा थुप्रै आलोचना र समर्थनका आवाज बाहिर आए । आलोचना र समर्थनका एक प्रमुख पात्र थिए, प्रधानमन्त्री शेर बहादुर देउवा । उक्त कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिने उनको शैलीको बारेमा बहस थुप्रै भयो, यो स्वाभाविक थियो । तर, अचम्मको कुरा के भयो भने, त्यस कार्यक्रममा प्रश्न सोध्ने एक जना व्यक्तिलार्इ रातारात अनलाइन मिडियाले चर्चामा ल्याइदिए । केहि अनलाइन मिडियाले साझा सवालमा देउवालाइ प्रश्न सोध्ने एक इमार्जिंग लिडरको अन्तरवार्तासम्म लेख्न भ्याए ।
यस बिषयमा थुप्रै प्रश्नहरु उठे । बिबिसीको उक्त कार्याक्रममाथि पनि शंका उपशंका उठे । हुन् त उक्त साझा सवाल कार्यक्रम हुनु भन्दा २ घण्टा अगाडी दर्शकलाई बोलाइन्छ र प्रश्न सोध्ने तरिका सिकाइन्छ । साझा सवाल नेपालकै सबभन्दा महँगो टिभी कार्यक्रम हो भन्ने कुरा बाहिर आएको छ ।
एक जना पत्रकार तथा लेखक बिजयकुमारले उक्त संस्थाका पूर्वनेपाल प्रमुख अहिले साझा पार्टीका संयोजक रबिन्द्र मिश्रलाई कार्यक्रमको आर्थिक पारदर्शिताको बारेमा प्रश्न गर्दा उनि अकमक्क परे, जवाफबिहिन बने । यो पनि एउटा तथ्य बन्न सक्छ ।
उक्त ५०० औ अंकको कार्यक्रममा उनि मात्र थिए कार्यक्रममा प्रश्न गर्ने व्यक्ति ? उनलाई मात्र किन चर्चामा ल्याइयो ? अनलाइ मिडियाले उनीसँग अन्तरवार्ता नै लिइहाल्नु पर्ने बाध्यता थियो ? रातारात कसरी उनी युवा नेताको सूचिमा आए ? त्यसो भए के उनी नियोजित रुपमै आएका थिए त ? यस्ता अनेकौं प्रश्नहरुको जवाफ आउँदै जाला ।
अब रह्यो उक्त कार्यक्रमको वस्तुस्थितिको बारेमा कुराकानी । देशका कार्यकारी प्रमुख प्रम देउवालार्इ कार्यक्रमको मध्यभागतिर प्रश्न गर्ने व्याक्ति थिए एक जना मेकानिकाल इन्जिनिएर सागर ढकाल । उनी एक पढाइमा अब्बल बिद्यार्थी हुन्, किताब लेख्छन्, बिभिन्न प्राबिधिक कार्यक्रमहरु चलाउँछन् । बुद्दिजिबी वर्गका मान्छे भनेर समाजमा इन्जिनियरलाई पनि मानिन्छ तर, साझा सवालमा तिनै सागर ढकालले प्रम देउवालाई सोधेको प्रश्नको आशय ठिकै भएपनि प्रश्न सोध्ने शैली कुनै बुद्दिजिबिको जस्तो थिएन ।
लेखक : साधुराम लामिछाने
उनको प्रश्न सोधाईमा प्रमप्रति न त कुनै आदरभाव थियो न प्रश्नको बनावट राम्रो । कुनै व्यक्तिमाथि प्रतिशोध र मनमा तुष पालेर प्रश्न या बहस गर्नु भनेको आफैँले आफ्नो उपहास गर्नु हो जसबाट न प्रश्नको उत्तर पाइन्छ न त सन्तुष्टि नै । उनको प्रश्नमा देउवाप्रतिको तिरस्कारको भाब झल्कन्थ्यो जो देउवाले सहजै बुझ्न सक्थे । प्रश्न सोध्ने व्यक्तिले उदाहरणका लागि बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा पढेका विद्यार्थी मात्र बेलायत प्रम बनेको कुरा उठान गरेका थिए ।
त्यसको अर्थ राम्रा र ठूला बिश्वबिद्धालयमा पढेका विद्यार्थी प्रम हुनुपर्ने भन्ने कुरा हो एक हिसाबले त्यो ठिकै भएपनि, नेपालको संक्रमणकालिन राजनीतिमा त्यो मेल खाँदैन् तर पनि नेपालका शीर्ष नेता सबै गोबर र अनपढ चाहिँ होइनन् । त्यसमाथि प्रम देउवा अब्बल विद्यार्थी नै हुन् जसको शिक्षाको बारेमा शंका गर्नु आवश्यक थिएन । जसको उत्तर दिने बेला आक्रोशमा उत्तर दिँदा प्रमले एउटा गल्ती नै गरे । उक्त प्रश्नसँगै सोधिएको तपार्इ विस्थापित कहिले हुने भन्ने प्रश्न चाहिँ उनीमाथिको अपहेलना नै हो भन्ने बुझिन्छ ।
अर्को प्रश्नमा शेर बहादुरलाई हिरा जस्तो नेपाल दिइएको उनले ढुङ्गा बनाएर छाडे भन्ने कुरामा हिरा दिएको कुरा पुरापुर झुट र गलत हो किनकी उनी राजा र गिरिजाप्रसादको सत्ता मोहमा फसेका हुन साथै उनलाई राजाले प्रम नियुक्त गरि राजाले नै बर्खास्त गरेका हुन् । अरु कुरा थोरबहुत सत्य भएपनि एक हिसाबले व्यक्तिगत आक्षेप लाग्ने प्रश्न हो यो । हो नेपाललाई ढुङ्गा बनाउनुमा उनको पनि हात छ तर उनी मात्र होइनन ढुङ्गा बनाउने पात्र र अपजस उनलार्इ मात्र थुपोर्न मिल्दैन । प्रम देउवाको आक्रोशलार्इ सहि मान्नु उचित हुँदैन उनी शान्त बनेर प्रश्नहरुको सामना गर्नुपर्थ्यो त्यो कुरामा उनी नराम्रोसँग चुके । उनी देशका प्रधानमन्त्री हुन्, प्रधानमन्त्री हाम्रो राष्ट्रको गहना हो उनलार्इ राम्रो काममा सहयोग गर्ने, प्रोत्साहन गर्ने, नराम्रो काम गर्नबाट तर तिललाई रोक्ने हामी नागरिकको दायित्व हो ।
अर्को कुरा देउवा निकट डडेल्धुराबाट फुत्त प्लेन चढेर बालुवाटारमा आसिन भएका होइनन्, लामो संघर्ष, त्यागबाट एउटा परिवारको कब्जामा रहेको काङ्ग्रेसको नेतृत्व लिन सफल भएका हुन् । उनको योगदानलाई नजरअन्दाज गरेर उनको व्यक्तित्वको उपहास गर्नु जायज होइन ।
तिललाई पहाड बनाएजस्तो प्रश्नकर्ता सागर ढकालले प्रश्न सोध्ने बेलाको कामजोरी स्वीकार गर्नुको साटो उल्टो मिडियाहरुको प्रयोग गरि चर्चामा आउने बाटो खोजे जुन बाटो एकदमै अस्वास्थ्यकर र नाजायज हो भन्दा फरक नपर्ला । उनकै शब्दमा राजनीति गर्ने मान्छेले पढाई भन्दा विवेकको बढी ख्याल गर्नुपर्छ भन्ने कुरालाई उनी आफैँले लत्याएका छन् । यसको दर्बिलो उदाहरण के हो भने उनले नेपाली राजनीतिमा आफ्नो सम्पूर्ण जीवन त्याग गरेका प्रमुख नेतृत्वमाथि अलिकति पनि सद्भाव देखाउन सकेनन् ।
नेपालि राजनीतिक दलका शीर्ष नेतृत्वमा कहिँ न कहिँ बिचलन त छ तर यो भन्दैमा उनीहरु एक्सपाएर भैसकेका अनावाश्यक व्यक्ति भन्नु चाहिँ महाभुल हो । जस्तो कि एउटा परिवारमा बाबु आमाले जुन परिस्थितिमा आफ्ना छोराछोरीलार्इ हुर्काएका हुन्छन् पछि छोराछोरी बयस्क हुँदा त्यो परिस्थिति नआउन सक्ला, बाबु आमाको विचारसँग सहमत हन नसक्लान् । आफू अनुकुल भएन भन्दैमा उनीहरुलाई गलत देख्न मिल्छ ? नयाँ लुगा फेरेपछि बर्षौसम्म लगाउँदै आएको कपडाले दिएको सुरक्षालाई बिर्सिए के हुन्छ । अरुको इतिहासलार्इ फोहोरमा मिल्काई दिँदा आफ्नो इतिहास के हुन्छ ? अझ उनी त भबिष्यमा राजनीति गर्छु भन्ने व्यक्तिले प्रचण्ड, देउवा केपी जस्ता नेताले गरेको राष्ट्रप्रतिको त्यागलाई नजरअन्दाज गर्दा अरुले उनीबाट के आश गर्ने ? उनले भनेजस्तो प्रचण्ड देशद्रोही हुन् त ?
नेपालको यति ठूलो सामाजिक परिवर्तनमा प्रचण्डको कुनै योगदान नै छैन ? यसको अर्थ उनी कुनै मुद्दामा बोलिरहेका होइनन्, नेताको कमजोरी औंल्याइरहेका छैनन् उनी फगत नेताहरूलाई गालि गरेर धेरथोर चर्चामा आएर राजनीतिको मूल धारमा आउने बाटो खोजेका हुन कि भन्ने देखिन्छ ।
उनले भने अनुसार उनी बिबेकशिल पार्टीको कार्यकर्ता रहेछन । राष्ट्रका अभिभावकहरुप्रति अलिकति पनि विवेक देखाउन नसक्ने उनी कसरी बिबेकशिल हुन्छन् ?
के युवाहरुले बुढा नेतालाई आरोप लगाएपछि कर्तव्य पुरा भैहाल्छ ? युवाहरु आलोचनाभन्दा बढी काममा खटिने हो, राष्ट्र निर्माणमा जुट्ने हो । आफ्ना अगाडिका पुस्ताले सिकाएको राम्रा कामको अनुशरण गर्ने हो पछिल्ल्ला पुस्तालार्इ सिकाउँदै लाने हो । अरुलाई गालि मात्र गरेर आफू पुर्पुरोमा हात लाउँदै बस्ने हो भने कुनै पनि किराको परिवर्तन गर्न सकिन्न ।