पुलिस फोर्समा भर्तीका लागि महिलाको भर्जिनिटी टेस्ट !

इण्डोनेशियाको पुलिसमा महिलाहरुलाई भर्ती हुनका लागि भर्जिनिटी (कुमारित्व) टेस्ट पास गर्नुपर्ने अनौठो प्रावधान छ ।

भर्जिनिटी टेस्ट विवादित ‘टु फिंगर टेस्ट’बाट गरिन्छ । कैयौ मानवअधिकारबादी संगठनले र अन्तर्राष्ट्रिय मिडियाको आलोचनाको बाबजुद पनि सरकारले यो प्रावधानलाई लागु नै गरिराखेको छ ।
महिला क्यान्टिस् (उम्मेदवार)ले सेलेक्सन कमिटी (छनोट समिति)को समाना गर्नुपर्छ । जबकी कमिटीमा पुरुष मात्र हुन्छन् । समाचार अनुसार जज यो क्रममा सुन्दर युवतीलाई मात्र हेर्छन् । इण्डोनेशियामा यो नियम १९६५ देखि लागु भएको हो ।

इण्डोनेशियाको मोडर्न पुलिस फोर्स १९४६ मा देश स्वतन्त्र भएपछि गठन भएको थियो । करिब २० वर्षपछि १९६६ मा पुलिस मिलिट्रीको अधिनमा गइसकेको थियो । १९९९ मा राष्ट्रपति सुहारतोको राजीनामापछि फेरि पुलिस फोर्स स्वतन्त्र भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार