विमान चोरीको घटनाले विमानस्थलको सुरक्षाबारे नयाँ प्रश्न खडा

एजेन्सी । शुक्रबार राति अमेरिकको राजधानी वासिङटन स्थित सिएटल–टकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहीँका एक कर्मचारीले ७६ यात्रु अटाउने विमान एक्लैले चोरी गरि १ घण्टासम्म बिना लाइसेन्स चलाएका थिए । घटनाबारे खबर पाउनासाथै सैन्य विमानहरुले उनको पिछा गरे तर विमान एक टापूमा दुर्घटना हुन पुग्दा चालक रिचार्ड रसेलको मृत्यु भयो भने विमान टुक्राटुक्रा अवस्थामा फेला पारिएको हो ।

यो घटनाले अहिले विश्वको ध्यान केन्द्रित गराइरहँदा यसले विमानस्थलको संवेदनशीलताबारे पनि धेरै ठूलो प्रश्न खडा गरिरहेको सीएनएनले जनाएको छ । यसरी उनले त्यति ठूलो विमान सबैको नजरबाट लुकाएर कसरी चोरी गरे भन्ने रहस्य अझै खुल्न सकेको छैन । यस खबरले उनको परिवारलाई सबैभन्दा ठूलो झट्का लागेको छ भने यस्तो गर्नुका पछाडि उनको कुनै आतङ्की वा हानि पुर्याउने उद्देश्य नरहेको पनि दाबी गरिएको छ ।

रसेल तीन वर्षभन्दा लामो समयदेखि उक्त वायु सेवाका लागि काम गरिरहेका थिए । उनको काम विशेष रुपमा विमान अवतरण गर्ने समयमा गेटतर्फ संकेत गराउनु रहेको थियो । तरपनि उनीसँग विमान चलाउने कुनै लाइसेन्स थिएन । त्यसरी अमेरिकाको प्रमुख विमानस्थलबाट पार्क गरि राखिएको व्यवसायिक विमान एक्लैले चोरी गर्न सक्नु कुनैपनि हालतमा सामान्य नभएकाले पनि यसमा विमानस्थलको सुरक्षा व्यवस्था सबैभन्दा कमजोर देखिएको बतााइएको छ ।

यस्तोमा यो घटनाले विमानस्थलको नराम्रो प्रचार पनि भइरहँदा अन्य वायु सेवाहरुले समेत धेरै ठूलो पाठ सिक्न जरुरी रहेको बताइएको छ । यसबारे अलस्का एयरलाइन्सका कार्यकारी प्रमुखले संचारकर्मी समक्ष बोल्दै भने, ‘यो अमेरिकाको उडान क्षेत्र हो जहाँ विमानहरु कार जसरी चाबी लगाएर राखिएका हुँदैनन् । ’

तर उनका पूर्व रेकर्ड हेर्दा पनि रसेलले यसअघि धेरैपटक विमानस्थलका नियमहरु उल्लंघन गरेको पाइएको छ । यस्तोमा विमानस्थलकै लापरबाहीले यो दुर्घटना निम्त्याएको आरोप लगाइएको छ । त्यसैगरी सबै विमानस्थलमा विमानलाई सार्न दुई कर्मचारी आवश्यक हुन्छ तर यस घटनामा भने उनी एक्लैले सबै काम गरि अन्त्यमा विमान चलाएर लगेका छन् । त्यसमा पनि ग्राउन्ड सेवामा जताततै खटाइएका सुरक्षाकर्मी र अन्य कामदारहरु कसैले पनि उनलाई नदेख्नु र कुनै शंका नगर्नु झन् ठूलो रहस्य भएको सुरक्षा निरीक्षक डेभिड सोउसले बताएका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent