५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्ने समस्याबाट यसरि पाउनुस् छुट्कारा !

काठमाडौँ। ५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट (दिनहुँ गर्नुस् फिट रहनुस् ) खुट्टा शरीरको महत्वपूर्ण भाग हो । विभिन्न शारिरीक कसरतहरु गर्दा खुट्टाकै आधार लिनुपर्ने हुन्छ । त्यसैले खुट्टाको हेरविचार गर्न निकै नै आवश्यक छ । यसले खुट्टा र ढाड दुख्ने समस्याबाट चाडैं छुट्कारा दिलाउँछ । आज हामी तपाईंलाई ५ प्रकारका कसरतहरुको बारेमा जानकारी दिन्छौं । यस व्यायामलाई नियमित रुपमा गर्नसकेमा खुट्टासम्बन्धि विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

१) खुट्टाको औंलाले थिच्ने: खुट्टालाई आराम दिलाउनको लागि तपाईंले यस कसरतलाई गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला सिधा उभिनुहोस् । त्यसपछि घुँडालाई बिस्तारै खुम्चाई खुट्टाको औंलाले भुइँमा टेक्नुहोस् । यसै पोजिशनमा एकछिन बस्नुहोस् । यस व्यायामलाई दिनको ३ पटक सम्म गर्नुहोस् ।

२) खुट्टाको औंलाको मद्धतले हिंड्ने: खुट्टाको औंलाको आधार लिई हिंड्ने कसरतले खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ । यो व्यायाम निकै नै सरल छ । यसको लागि कुर्कुच्चा उचालेर खुट्टाको औंलाले टेकेर २० सेकेण्डसम्म हिंड्नुहोस् । त्यसपछि १० – १५ मिनेट आराम लिनुभई फेरी ५ पटकसम्म हिंड्नुहोस् । राम्रो परिणामको लागि दिनको दुईपटक यस कसरतलाई गर्नुहोस् ।

मुख्य समाचार