मन्त्री बनाउन भाई वा ज्वाँईको सिफारिससहित धम्की….

काठमाडौं, ३ साउन । कांग्रेसमा बहुरूपी प्रतिभा भएका चतुर खेलाडीको रूपमा चिनिने अर्जुननरसिंह केसीले आफ्ना भाई जगदिश्वरनरसिंह केसीलाई मन्त्रीपरिषद्मा समावेश गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।


स्रोतका अनुसार केसीले आफ्ना भाई जगदीशलाई मन्त्री नबनाए देउवालाई उनको गुट परित्याग गर्ने चेतावनी समेत दिएका छन् । २०७२ फागुनमा भएको कांग्रेस महाधिवेशनमा कोइराला पौडेल गुट परित्याग गरी देउवा गुटमा प्रवेश गरेकै दिन महामन्त्रीको टिकट पाएका केसी अघिल्लो सरकारमा शहरी विकास मन्त्री थिए । आफूलाई भौतिक योजना, शिक्षा मन्त्रालय नदिएको भन्दै रक्षा मन्त्रीको जिम्मेवारी नसम्हालेका केसीले भाईलाई मन्त्री नबनाए ज्वाइँ गगन थापालाई मन्त्री बनाउन दाबाब दिएका छन् ।

चर्चित डन कुमार श्रेष्ठ उर्फ घैंटे प्रहरी इनकाउण्टरमा मारिएपछि सांसद जगदीश्वरनरसिंह केसी डनलाई गोली हान्ने सुरक्षाकर्मीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगेका थिए । त्यसवेला घैंटेको पक्षमा यूवा नेता गगन थापा, अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसीले पत्रकार सम्मेलन गरी डनलाई कारवाही गर्न नहुने पक्षमा अभियान नै चलाएका थिए । मारिएका चर्चित डन घैंटेको लगानी गरिएको गजुरमुखि निर्माण सेवामा सासद जगदीश्वरको पनि लगानी रहेको प्रहरीे खुलासा गरेको थियो ।
–जनप्रहार साप्ताहिक

मुख्य समाचार