गर्मीमा देशी बदाम खाँदा हुने १० फाइदा…

देशी बदाम (आलमोन्ड) चिसो मौसममा खानुपर्ने केही मानिसको धारणा छ । तर यो बिल्कुल सत्य होइन । बदाम चिसो र ठन्डी दुवै मौसममा खानु उपयुक्त हुन्छ । विज्ञहरुले गर्मीमा बारम्बार बदाम खान जोड दिन्छन् । यसले शरीरलाई आवश्यक पर्ने पोषणतत्व पूर्ति गरिदिने भएकाले पनि यो गर्मी मौसममा खानुपर्ने उनीहरुको सुझाव छ ।
देशी बदाममा पाइने प्रोटिन, भिटामिन इ, भिटामिन बी २, क्याल्सियम, म्याग्नेसियम, ओमेगा ३, फ्याटी एसिडले स्वस्थ राख्न सहयोग गर्छ । स्पेनको युनिर्भसिटी अफ रोबिराईविरगीलीको अध्ययन अनुसार नियमित भोजनमा बदाम प्रयोग गर्दा कमजोरी, पाचन र उच्च रक्तचापको समस्या समाधान हुन्छ ।

रातमा पाँचवटा बदाम पानीमा भिजाएर राखी भोलिपल्ट बिहान खाली पेटमा बाहिरको बोक्रा फाली खाँदा शरीरलाई फाइदा हुन्छ । तर किडनीको बिरामीले कहिल्यै पनि बदाम खानुहँुदैन ।

१. यसमा पाइने म्याग्नेसियमले हृदयाघातको सम्भावना घटाउँछ
२. देशी बदाम खाँदा ब्लडसुगर नियन्त्रण हुन्छ ।
३. देशी बदाममा पर्याप्त मात्रामा पोटासियम हुने भएकाले यसले प्रेसर नियन्त्रण गर्न सहयोग गर्छ ।
४. यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै संक्रमणबाट रोक्छ ।
५. यसमा प्रोटिन प्रशस्त पाइने भएकाले कपाल चम्किलो र मुलायम बनाउँछ ।
६. यसमा भिटामिन इ र एन्टिअक्सिडियन्टको मात्रा बढी हुने भएकाले छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।
७. यसमा भिटामिन बी १७ प्रर्याप्त मात्रामा पाइन्छ जसले क्यान्सरको खतरा न्यून गर्छ
८. बदाम भिटामिन इ को स्रोत भएकाले आँखाको ज्योति बढाउँछ ।
९. देशी बदाममा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जसले स्मरणशक्ति बढाउँछ ।
१०. देशी बदाममा फाइबर अधिकमात्रामा हुने भएकाले पाचनपक्रियालाई सहज बनाउँछ ।

source :-http://np.nepalmedicaltimes.com

मुख्य समाचार