डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच दुईघन्टा गोप्य वार्ता…..

बुधबार, ४ साउन, २०७४ मा प्रकाशित, 

काठमाडौं, साउन ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गोप्य वार्ता भएको खुलासा भएको छ ।

ह्वाइट हाउसले गोप्य भेटवार्ता जर्मनीको हयाम्बर्गमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनका क्रममा भएको पुष्टि गरेको छ ।

भेटवार्ता राष्ट्राध्यक्षका लागि आयोजना गरिएको डिनरका क्रममा भएको र त्यसको केही समयपछि मात्र उनीहरुबीच औपचारिक भेटवार्ता भएको जनाइएको छ ।

गोप्य भेटवार्तामा के के कुराकानी भयो भन्ने सम्बन्धमा भने ह्वाइट हाउसले केही जनाएको छैन ।

यद्यपि दुई घण्टासम्म चलेको औपचारिक वार्ताका क्रममा अमेरिकी चुनावमा रुसी हस्तक्षेपलगायतका विषयमा छलफल भएको थियो ।

उक्त भेटवार्ता पछि पनि दुई मुलुकबीचको सम्बन्धमा अपेक्षित सुधार आउन सकेको छैन । कूटनीतिक तनाव भने बढ्दै गएको छ । (एजेन्सी)

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार