सन्दीपले ७ विकेट लिए, नेपाल २५५ रनले विजयी

नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले ७ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । जवाफी ब्याटीङ गर्न आएको थाई टीमका ७ जनालाई नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पेभिलियन फर्काएपछि थाइल्यान्ड २६ रन मै अलवाउट भएको हो ।

नेपालबाट अनिलकुमार शाह र प्रनित थापामगरले अर्धशतक बनाए । अनिल ९१ र प्रनित ५० रन बनाई आउट भए । त्यस्तै सन्दीप सुनारले ३२ रन जोडे । थाइल्यान्डका लागि पी. सुङनार्डले ६१ रन खर्चेर ३ विकेट लिए ।

सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले बुधबार भुटान र बिहीबार सिंगापुरसँग खेलेर समूह ‘ए’ को यात्रा टुंग्याउने छ । सेमिफाइनल सेप्टेम्बर १६ र फाइनल १७ हुने कार्यक्रम छ । समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने टोली यू–१९ एसिया कपलाई छनोट हुनेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार