दशैं अफरः पैसा पठाउँदा १० लाखदेखि गाडीसम्म जित्ने मौका

दशैंसहितका चाडबाडका लागि घर, परिवार, साथीभाई र अफन्तजनकोमा पैसा पठाउँदै हुनुहुन्छ ? तपाईंले विभिन्न रेमिट्यान्स कम्पनीमार्फत आफ्नो कमाइ घर पठाउँदा धेरै थरि उपहार पाउनुहुनेछ ।

दशैं तिहार र छठजस्ता चाडलाई लक्षित गरी रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले विभिन्न उपहार योजना ल्याएका छन् । आगामी छठसम्म विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई रेमिट्यान्स कम्पनीले विभिन्न उपहारहरु दिने गरी योजना ल्याएका छन् ।

 

विदेशवाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई ‘लक्की ड्र’ मा समावेश गर्ने र भाग्यशाली विजेता ग्राहकहरु छानिने कम्पनीहरुले छन् । कतिपयले भने रेमिट्यान्स पठाउादा नै सीधा उपहकार दिनेव्यवस्था गरेका छन् ।

भाग्यशाली विजेताले नगद १० लाखदेखि रेनोको क्वीड गाडीसम उपहारमै पाउने छन् । त्यसबाहेक पनि हात खाली नजाने उपहारहरु छन् ।

वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उद्देश्यले उपहार योजना घोषणा गरिएको रेमिट्यान्स कम्पनीका सञ्चालक बताउँछन् । यो समयमा रेमिट्यान्स कम्पनीहरुबीचको प्रतिस्पर्धाले पनि रेमिट्यान्स पठाउने र पाउनेलाई पनि लाभ हुनेछ ।

देशभर चार दर्जन रेमिट्यान्स कम्पनीहरु सञ्चालन भएपनि केही कम्पनीले आकर्षक उपहारको घोषणा गरेका छन् ।

आईएमईको बीमा र १० लाख !

मुलुकको नम्बर एक मनी ट्रान्सफर कम्पनी आईएमईले दशैं, तिहार र छठका अबसरमा ‘आईएमई छक्का-पञ्जा’ अफर ल्याएको छ ।

मंसिर ३ गतेसम्म संचालन हुने यो अफर अन्र्तगत दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रूपैयाँ बराबरको आईएमई पे क्यास, हरेक १५/१५ दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक ६/६ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रूपैयाँ नगद प्रदान गरिनेछ ।

योजना अन्तर्गत अन्तर्राष्ट्रिय र आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा रहने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार