कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ बाट दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुदघाटन

काठमाडौं | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्ती गौडा काठमाडौंमा हालै शुभारम्भ भएकोछ | उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उदघाटन गर्नुभयो दुलही ब्युटी एण्ड फेशन स्टुडियोको सञ्चालक एवं फेसन डिजाइनरसमेत रहेकी गोपिमाया थुलुङ सानै देखि मिहेनेती र सृजनशील साथै सफल ब्युटीसियन पनि हुनुहुन्छ |

समय अनुसारकाको बिभिन्न डिजाइन कपडा र पहिरन उपलब्ध गराउनु दुलही ब्युटी एण्ड फेशन स्टुडियोको विशेषता हो | व्यापार भनेको समयअनुसार तल माथि हुन्छ तर त्यस लाई निरन्तरता दिन ठुलो कुरा हो भन्दै ढाका कपडा तथा पहिरन देश–विदेशसम्म बजारीकरण गरेर चर्चामा आउनु भएकी कार्यक्रमको प्रमुख अतिथि कल्पना योङहाङ लिम्बूले आफ्नो कुरा राख्नु भयो |

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको शुभारम्भ कार्यक्रममा चलचित्र निर्देशक सागर सुब्बा गायक तथा संगीतकार संगम लिम्बु लगयतले सफल ब्यापार ब्यवासायको लागि शुभकामना दिनु भएको थियो | गोपिमाया थुलुङले ग्राहकको मागअनुसार सबै प्रकारका पहिरनहरु जस्तै बाइडल,कल्चर,क्याजुल ड्रेस पाटि वेयर ड्रेस उत्पादन तथा बिक्रि वितरण गर्दै आइरहेको छ | त्यसमा सिजनल पहिरनहरु लाई पनि महत्व साथ् हेरिएको छ ।

तीज, दशैँ, तिहार जस्ता चाड पर्वमा डिजाइनिङ पहिरनले हिजोआज विशेषता बोक्न थालेको छ । सारी, कुर्ता, लेहेँगा, मेख्ली, गाउन जस्ता पाटी वेयरहरु सदावहार मानिएपनि चाडपर्वमा बढी अर्डर आउने सम्भावना रहेको प्रोपाइटर गोपिमाया थुलुङ बताउँछिन् ।

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको तयार गरिएको र उपलब्ध भएको पहिरन माग आउँने क्रम जारी छ साथै यहाँ ढाकाको कपडा बाट तयार भएको बिभिन्न डिजाइनको कपडा पनि उपलब्ध छ |

सानै उमेर बाट नै ब्युटिसियन डिजाइनर गोपिमाया थुलुङको संघर्षका दिन सुरु भएको हो | उहाले पनि जिबनमा तिता मिठा पल र अभाव अनि सुख दुखको क्षणको अनुभूति लिनु भएको छ | मिहेनत र संघर्सले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन् गोपिमाया थुलुङ उनि साहित्यमा पनि रुची राख्छिन | आफुले जिबनमा गरेको संघर्स अरुको लागि प्रेरणाको श्रोत बनोस भनेर एक वर्ष सम्ममा आफ्नो जीवनी ( बायोग्राफी ) पनि आफ्नै लेखनमा प्रकाशन गर्दैछिन |

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको संचालक गोपिमाया थुलुङकी आमाले छोरी सानै देखि पढाइमा अब्बल र चलाख भएकी र भविष्य मा उत्तम काम गर्छिन भन्ने आफुले आशा गरेको भनाइ राख्नु भयो | कार्यक्रमको संचालन पत्रकार सुदिप भण्डारीले गर्नु भएको थियो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार