तनाव बढेपछि आपूर्तिमन्त्री यादव कालिमाटी बजारमा पुगे

४ भदौ, काठमाडौं । कालीमाटी बजारमा तनाव बढेपछि आपूर्ति मन्त्री मात्रिका यादव आफैं कालीमाटी तरकारी तथा फलफूल बजारमा पुगेका छन् । मन्त्रीसँग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिन पुगेका छन् ।

विमान कालिमाटी तरकारी अनुगमन गर्न गएको टोलीलाई बिचौलिया र ब्यापारीहरुले धमक्याएका थिए । तनावको स्थिति उत्पन्न भएपछि कालिमाटी बजार विकास समितिको भवनमा अनुगमन टोली थुनिएको थियो ।

विचौलियाले तरकारी मूल्य अत्याधिक बढाएको भेटिएपछि उदोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोली बजार अनुगमन जाँदा ब्यापारीहरुले बिरोध गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन भएपछि मात्रै ब्यापारीले अनुगमन टोलीलाई बाहरि निस्किन दिएका थिए ।

अनुगमनमा बिजबिजक नभएका दुई ट्रक तरकारी जफत गरिएको छ । गल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरी आवश्यक कार्बाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिए ।

अनुगमन टोलीलाई धम्क्याउने बिचौलियाको नेतृत्व गर्ने कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा पक्राउ गरिएको छ ।

मन्त्री यादवले किसान उपभोक्ताबीचको दूरी घटाई महंगी नियन्त्रण मन्त्रालय अग्रसर रहेको बताए ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार