कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कहाँ कुन पार्टीले जिते ? (सूचीसहित)

आश्विन ५, २०७४-स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणामहरु सार्वजनिक थालेका छन् । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । तर धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको हो । अहिलेसम्म प्राप्त मतपरिणाम यस्तो छ–
कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।
२. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।

३. सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी ।

४. धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी ।

५. सप्तरीको विष्णुपुरमा कांग्रेसका मेयर लिलाम्बर यादव र उपमेयरमा कांग्रेसकै जन्जीरादेवी यादव विजयी ।

६. सप्तरीको बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा कांग्रेसका परमानन्द यादव र उपप्रमुखमा पुष्पमाला कुमारी मण्डल विजयी ।

७. रौतहटको परोहामा कांग्रेका शेख वकिल प्रमुख र सुगान्ध देवी उपप्रमुखमा विजयी ।

संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह
१. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।
२ सिरहाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका बेचनप्रसाद यादव प्रमुख र सीतादेवी यादव उपप्रमुखमा विजयी ।

एमालेले जितेका स्थानीय तह
१ धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी
२ सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी

३ पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी

४ धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी

२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी

३. पर्साको ठोरी गाउँपालिकामामा माओवादीका पदमलाल श्रेष्ठ अध्यक्ष र शान्तिमाया थिङ उपाध्यक्ष निर्वाचित ।

राजपाले जितेका स्थानीय तह
१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी
नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent