कहाँ कुन पार्टीले जिते ? (सूचीसहित)

आश्विन ५, २०७४-स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणामहरु सार्वजनिक थालेका छन् । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । तर धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको हो । अहिलेसम्म प्राप्त मतपरिणाम यस्तो छ–
कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।
२. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।

३. सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी ।

४. धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी ।

५. सप्तरीको विष्णुपुरमा कांग्रेसका मेयर लिलाम्बर यादव र उपमेयरमा कांग्रेसकै जन्जीरादेवी यादव विजयी ।

६. सप्तरीको बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा कांग्रेसका परमानन्द यादव र उपप्रमुखमा पुष्पमाला कुमारी मण्डल विजयी ।

७. रौतहटको परोहामा कांग्रेका शेख वकिल प्रमुख र सुगान्ध देवी उपप्रमुखमा विजयी ।

संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह
१. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।
२ सिरहाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका बेचनप्रसाद यादव प्रमुख र सीतादेवी यादव उपप्रमुखमा विजयी ।

एमालेले जितेका स्थानीय तह
१ धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी
२ सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी

३ पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी

४ धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी

२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी

३. पर्साको ठोरी गाउँपालिकामामा माओवादीका पदमलाल श्रेष्ठ अध्यक्ष र शान्तिमाया थिङ उपाध्यक्ष निर्वाचित ।

राजपाले जितेका स्थानीय तह
१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी
नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार