चलचित्र शान्तिको छायांकन समाप्त

फाल्गुनन्द लिङ्देन फिल्मस  प्राली द्रारा  निर्माण भइरहेको चलचित्र शान्तिको छायांकन सकिएको छ । उपत्यकाको अलावा काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, सिन्धुली आदि स्थानहरुमा छायांकन गरिएको नेपाली चलचित्र शान्तिमा सामाजिक, पारिवारिक तथा माया प्रेम मिश्रति कथा रहेको निर्देशक दिनेश लिङ्देनले बताए । शान्ता बाखिम थेबे निर्मात्री र वसन्त थेबे लिम्बु कार्यकारी निर्माता रहेको यस चलचित्रमा कलाकारहरु सुशील छेत्री, सुप्रीया  श्रेष्ठ, सन्जिव थेबे लिम्बु, निशा पोमु, बालदीप राई, अजय खड्का, एम के राई, शर्मिला शर्मा, प्रदिप योङ्हाङ आदि रहेका छन् भने गित हरि उप्रेती, संगीत बिकाश चौधरी, नृत्य जनक कार्की, दन्द राजु  किराँत, छायांकन ज्ञानु राई र कथा- निर्देशन दिनेश लिङ्देनको रहेको छ । चाडै नै चलचित्र शान्ति को  सम्पादन कार्य  शुरु गरिने छ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार