कान्छीको सुटिङ समाप्त

नायिका श्वेता खड्काले निर्माणसमेत गरेको ‘कान्छी’ को छायांकन सकिएको छ । जोमसोम र उपल्लो मुस्ताङ तथा राजधानीमा ५० दिन लगाएर खिचिएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा छन् भने अनु शाह, प्रज्वल सुजल गिरी र भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।

श्वेताले छायांकन सकिएलगत्तै फिल्म माघ २६ मा रिलिज गर्ने सार्वजनिकसमेत गरेकी छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । श्वेता ‘कोहिनूर’ पछि कान्छीमार्फत फिल्म निर्माणसँगै अभिनयमा फर्किएकी हुन् । फिल्मले ग्रामीण भेगकी कान्छी पात्रको कथा बोल्ने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent