कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निर्देशक किशोर सुब्बा दुबइमा सम्मानित

निर्देशक किशोर सुब्बा दुबइमा सम्मानित भएका छन् | गत शुक्रबार २० अक्टोबरको दिन दुबईमा एक भब्य कार्यक्रम बिच ताप्लेजुङ सेबा समाज युएई ,किरात याक्थुङ चुम्लुंङ युएई र नेपाली आदिबासी जनजाती महासंघ युएईले सामुहिक रुपमा सम्मान गरेको हो । सुब्बालाई लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा रहेर बिशेष गरि आदिबासी जनजातीहरुको भाषा ,धर्म ,कला तथा सस्कृतिको सरक्षण ,सम्बर्दन गर्नको लागी पुर्याएको योगदानको उच्च मुल्याकन गर्दै सम्मान गरिएको हो ।पुर्बी नेपालको ताप्लेजुंङ फेवाखेलामा जन्मिएका निर्देशक सुब्बा बाल्यकाल देखि नै नेपाली रंगमचमा प्रवेश गरेका हुन् । सुब्बादुवारा निर्देशित नाटकहरु भिजेको पछेउरी,  दुइथोपा आसु र चिता माथिको लास चर्चित हुन् |निर्देशन र निर्माताको भूमिका निभाउदै आएका सुब्बाले हालसम्म दुई दर्जन भन्दा बढी  चलचित्र निर्देशन  गरिसकेका छन् ।सुब्बा दुवारा निर्देशित चलचित्रहरु मध्ये  मानिस ,सहिदको  आमा , ज्वालामुखी,मनै त हो ,माटो  निकै राम्रा चलचित्र हुन् भने हाल उनि दारा  निर्देशित चलचित्र रेस प्रदर्शकको तयारीमा रहेको छ |किशोर सुब्बाले लिम्बु भाषाको चलचित्र आनी साक्थिम लगायत आधा दर्जन चलचित्रको समेत निर्देशन गरिसकेका छन |स्मरण रहोस केहि महिना अघि निर्देशक सुब्बा नेपाली चलचित्र रेशको छायांकनको लागि युनिट सहित दुबई पुगेका थिए |  हाल चलचित्र  रेसको प्रचार प्रसारको लागि दुबई आएका सुब्बाले चाडै नै चलचित्र रेस दुबई , हङकङ  ,मलेसिया ,सिंगापुर,युके र अमेरिकामा प्रदर्शन हुने भएको |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार