कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तिन दिनपछी हट्यो बिर्तामोडको कर्फ्यु

१३ कात्तिक, झापा । झापाको अर्जुनधारामा ११ वर्षीय बालकको मृत्यु प्रकरणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कफ्यू सोमबारबाट पूर्ण रुपमा हटेको छ ।

 

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आन्दोलन साम्य भएपछि दिउँसो ३ बजेदेखि पूर्ण रुपमा कर्फ्यु हटाइएको  बताए ।

बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

शुक्रबार भएको प्रदर्शनका क्रममा हिंसा भड्किँदा एक जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार