एसीसी अन्डर १९ एशिया कपमा भारत बिरुद्ध नेपालको एतिहासिक जित

र्तिक २६, २०७४-कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ र बलिङले एसीसी अन्डर-१९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको नेपालका लागि ऐरीले सर्वाधिक ८८ रनको योगदान दिनुका साथै ४ विकेट समेत लिएका थिए ।

क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो ।

ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको नेपालको लागि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन मात्र जोडेका थिए । ओपनर जितेन्द्र सिंहले ३६ रन जोड्दै दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । जितेन्द्रको प्रस्थानपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोडे । ऐरी पारीको ४९ औं ओभरमा आउट भएका थिए । मध्येक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लोक्रमका ब्याट्सम्यान मा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए ।

नेपालका बलरहरु पवन सराफ र सहाहव आलमले २-२ र सन्दीप लामिछाने, कमल सिंह एेरीले १-१ विकेट लिएका थिए।

 

भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २र२ विकेट लिए । विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि १र१ विकेट लिए ।

यस्तै भारतका लागि ओपनरहरु हिमांशु रानाले ४६ र मनजोत कलराले ३५ रन बनाएका थिए । भारतको मध्यक्रमका खेलाडी अभिषेक शर्माले २७ रन बनाएका थिए।

पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल यस खेलमा भने जित हात पार्न सफल भए पछि दोस्रो चरणमा प्रवेशको आशा जिवितै रहेको छ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार