कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘भाग्य’ले जोगिए डा. रामशरण महत

१ मंसिर, काठमाडौं ।नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ ।विशेष गरि  कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरेर शुक्रबार नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भए । पनि डा. महत लाई कुनै पनि चोट पटक लागेको छैना |

अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । एम्बुसबाट करिब डेढ सय मिटर अगाडि डा. महतको गाडी थियो ।

अक्सर गाडीको लस्करको बीचमा भीआईपीको गाडी हुने गर्छ । सायद आक्रमणकारीले पनि त्यही सोचेर बीचको गाडीलाई धरापमा पारेका थिए ।

तर, शुक्रबार डा. महत सबैभन्दा अघिल्लो गाडीमा थिए । र, जोगिए ।

घटनाका प्रत्यक्षदर्शी नुवाकोटबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेशकुमार महतसँग अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार