कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बलात्कारको घटनाबाट बिचौलियाले पैसा कमाए, हिशिला यमी

काठमाण्डौं, २० माघ : नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले ‘सामूहिक बलात्कार’ को घटना ढाकछोप गरेर टुंग्याउन खोजेको भन्दै आपत्ति जनाएकी छन् । उनले यस्तो अवस्था रहे कुनै पनि चेलीबेटीका लागि चिन्ताजनक भएको उनले बताइन्।

महिला सुरक्षा दबाब समूहले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनका क्रममा बोल्दै यमीले केही दिनअघि दरबारमार्गमा भएको जस्ता घटनालाई सामान्य रुपमा लिएर दोषीलाई उन्मुक्ति दिन नहुने बताइन् ।

उनले बलात्कार जस्तो जघन्य अपराध लुकाउन विचौलिया सक्रिय रहेको र उनीहरुले पैसा कमाउनका लागि अपराध लुकाएको आरोप लगाइन् । उनले भनिन्–‘गाडी दुर्घटनामा जस्तो बलात्कारका घटनामा पनि पीडकसँग पैसा माग्ने, प्रहरी, प्रशासन र पीडितलाई केही दिए जस्तो गरेर बुजो हाल्नमा दलाल (विचौलिया) सक्रिय छन् । यसलाई रोक्नु पर्छ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent