जनकपुरधाम–सेवाग्राहरीसंग घुस लिदै गरेको अवस्थामा जनकपुरमा एक जना प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीलाई मदिराको लाईलेन्स बनाई दिन्छु भनेर घुस लिदै गरेको अवस्थामा १० हजार नगद सहित रंगे हात पक्राउ गरिएको हो ।
लक्ष्मीनिया अस्थाइ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज परसैलालाई बर्दिवासबाट खटिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीलाई फकाएर घुस मागिरहेको सूचनाको आधारमा प्रहरीलाई पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।