काठमाडौँ — प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् ।
एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार मतदान भएको हो।
दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । दलका नेतामा पराजय व्यहोरेकी उपाध्यक्ष अष्टलक्ष्मी शा्कय नेता माधव नेपाल समूहबाट उम्मेदवारी दर्ता गराएकी थिइन् ।
यसअघि संसदीय दलको नेताका प्रमुख आकांक्षी रुपमा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरेपछि शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रेका थिए ।