नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ फागुन । काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का नाममा पक्राउ पुर्जी जारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले विप्लवको घरमा प्रक्राउ पुर्जी जारी गरी टाँसेको छ ।

उनलाई भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो । उनी माथिको पक्राउ पुर्जी बारे जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टि गरे ।

पक्राउ पुर्जीबारे नेकपा माओवादीका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमै पक्राउ पुर्जी टाँस गरिएको पुष्टि गरेका छन् । उनले आफनो फेसबुक वालमा आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ? कुरा पनि लेखेका छन् ।
विप्लवले सशस्त्र क्रान्ति बुढाहरुबाट सम्भव नभएको भन्दै ०७१ मङ्सिर ८ मा मोहन बैद्यसँग पार्टी मुख्यालय बुद्धनगरमा पुगेर सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent