कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति रहेका शेरबहादुर देउवा विजयी भएका छन् ।

देउवाले ४४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् । संसदीय दलको नेता छान्न ६३ जना सांसदले मतदान गरेका थिए । सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा दाबी गरेपछि सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको थियोे ।

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच चुनाव भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षले समर्थन गरेको जनाइएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ । सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको थियो । दलको नेतामा सर्वसम्मत नभएपछि महामन्त्री डा. सशांक कोइराला भने ब्याक बसेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार