एमाले–माओवादी एकता नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन

पाथिभरा च्यानल  २७ फागुन । नेकपा (एमाले) र माओवादी केन्द्रबीच आउने वैशाख ९ गते औपचारिक रूपमा एक हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एक हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उनले संगठन र अन्तरिम विधान टुंयाउन बनाएकोको कार्यदलले काम धेरै सकिसकेको बताउँदै नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन पारेर एक हुने बताएका हुन् ।
गत असोज १७ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको थियो । तर पछि नयाँशक्ति भने गठबन्धनबाट बाहिरिए ।

फागुन ७ गते राति दुबै पार्टीले एक पार्टी बनाउन सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । सो सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने भएको थियो भने एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद र लेनिनवाद’ रहनेछ ।

यस्तै नेतृत्वमा विषयमा पार्टीको नेतृत्वमा दुबै अध्यक्ष रहने र एकतापछि महाधिवेशनले समझदारीका आधारमा नयाँ नेतृत्व छान्ने भएकाे छ  ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार