राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।


तस्बिर : एएफपी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार