कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

माओवादी केन्द्रका प्रदेश ईञ्चार्ज फेरिए

काठमाडौँ — माओवादी केन्द्रले प्रदेश ईञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा शनिबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले प्रदेश ईञ्चार्ज हेरफेर गरेको प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।

भूसालका अनुसार प्रदेश नम्बर १ को ईञ्चार्जमा राम कार्की, प्रदेश नम्बर २ को ईञ्चार्जमा विश्वनाथ साह, प्रदेश नम्बर ४ को ईञ्चार्जमा हितराज पाण्डे, प्रदेश नम्बर ५ को ईञ्चार्जमा मणि थापा र प्रदेश नम्बर ६ को ईञ्चार्जमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।

पार्टी एकताविरोधी गतिविधि गरेको भन्दै प्रदेश नम्बर १ का ईञ्चार्ज गोपाल किरातीलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरेको थियो । २ का ईञ्चार्ज मातृका यादव मन्त्री भएका छन् । ४ ईञ्चार्ज देव गुरुङ प्रमुख सचेतक भएका छन् भने ५ का ईञ्चार्ज वर्षमान पुन र ६ का ईञ्चार्ज शक्ति बस्नेत मन्त्री भएपछि जिम्मेवारी हेरफेर गरिएको हो ।

बैठकमा एमालेसँगको पार्टी एकताबारे छलफल भएको भूसालले बताइन् । ‘पार्टी एकताका लागि आन्तरिक तयारी पूरा गर्ने र सकेसम्म छिटो एकता गर्नेबारे प नि छलफल भएको छ,’ उनले भनिन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार