तस्करीको सुनसहित तीन जना पक्राउ

काठमाडौं, ५ चैत । बैदेशिक रोजगारीबाट फर्कनेहरुलाई सुन ओसारपसार गराउने ३ जना पक्राउ परेका छन् । बैदेशिक रोजगारीका क्रममा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टालीले २०७५ बैशाख १ र ४ गते दिउँसो कोटेश्वर चोक नजिक चेकप्वाईन्ट राखी विभिन्न सवारी साधनहरु चेकजाँच गर्दा २५० ग्राम सुन सहित ३ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले स २ प ४०२८ न को १५० सि.सि को निलो पल्सरमा सवार व्यक्तिलाई शरीर चेकजाँच गर्दा सुन जस्तो देखीने ५०–५० ग्रामको ३ वटा चुरा, सोही मो.सा को पछाडी बस्ने महिलाको साथवाट सुन जस्तो देखिने ५० ग्रामको १ वटा चुरा र तत्काल मोटरसाइकल सवार व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको साथवाट सुन जस्तो देखिने ५० ग्रामको १ वटा चुरा गरी जम्मा २५० ग्रामको ५ वटा चुरा फेला पारी कोेटेश्वर प्रभागमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रतनलाल श्रेष्ठ, लिलाकुमारी श्रेष्ठ र इन्द्र सदे छन् ।
अनुसन्धानपश्चात कानूनी कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुरमा पठाइने प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार