६५ वर्षपछि दुई कोरियाली नेता एकै ठाउँ, किमले सैनिक रेखा यसरी पार गरे (रोचक फोटो फिचर)

काठमाडौं, १४ बैसाख : एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । विश्वलाई आश्चर्यचकित पार्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शान्ति वार्ताका लागि पहिलो पटक सैनिक रेखा पार गर्दै दक्षिण कोरियामा प्रवेश गरेका हुन् ।

सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इन । तस्विर : रोयटर्स
दुई दक्षिण कोरियाली नेता पहिलो चरणको शान्ति वार्ता गर्दै । तस्विर : रोयटर्स

६५ वर्षअघि छुटिएका यी दुई प्रायदीप अहिले फेरि नजिकिंदै गएका छन् । किमलाई स्वागत गर्नका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमा रेखा नजिकै पुगेका थिए । हात मिलाएर उत्तर कोरियाका नेता किमलाई स्वागत गरेसँगै उनले दक्षिण कोरियाका नेतालाई केही छिनका लागि भए पनि सैनिक सीमा रेखा पार गरेर उत्तर कोरियाको जमिनमा खुट्टा राख्न आग्रह गरेका थिए । राष्ट्रपति इनले पनि मुस्कुराउँदै सीमा पार गरी उत्तरको जमिनमा टेकेका थिए ।

‘पीस हाउस’ को आगन्तुक पुस्तिकामामा लेख्दै उत्तर कोरियाली नेता किम जोङ । तस्विर : राेयटर्स

त्यसलगत्तै किमलाई दक्षिण कोरियाको सेनाले विशेष सलामीसहित ‘गार्ड अफ अनर’ दिएको थियो । निकै हँसिलो मुद्रामा देखिएका दुवै नेताले गार्ड अफ अनरको अवलोकनपछि सामूहिक तस्बिर खिचाएर वार्तास्थलतर्फ लागेका थिए । वार्ताको बिहानी सत्र सकिएको छ । दुई नेताहरुबीच निकै सौहार्दपूर्ण वातावरणमा वार्ता भएको जनाइएको छ । उनीहरुबीच शान्ति सम्झौतालगायत आणविक कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार